ग्लोबल


म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको १२ मिनेटपछि ६.४ को धक्का, संकटकाल घोषणा

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको १२ मिनेटपछि ६.४ को धक्का, संकटकाल घोषणा

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १५:४४,

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको ठिक १२ मिनेटपछि अर्को ठूलो धक्का महसुस भएको यूएस जिओलोजिकल सर्वेले जनाएका छन्।

दोस्रो ६.६ म्याग्निच्युडको भएको बताइएको छ। 

भूकम्पले म्यानमार र थाइल्यान्डमा क्षति गरेको छ। थाइल्यान्डमा एउटै भवनमा दर्जनौँ मानिस फसेका छन्। सडक चिरा परेका छन्।

तर, सैनिक शासन रहेको म्यानमारबाट क्षतिको विवरणहरु आउन सकेको छैन। 

सन् २०२१ मा त्यहाँ सेनाले सत्ता कब्जा गरेको थियो। जसका कारण सूचनामाथि सेनाको पकड छ। लगभग सबै रेडियो, टीभी, प्रिन्ट र अनलाइन सञ्चारमाध्यममा राज्यको नियन्त्रण छ भने इन्टरनेट प्रयोग पनि प्रतिबन्ध छ।

म्यानमारको सैन्य सरकारले छ वटा क्षेत्रमा संकटकाल घोषणा गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad