ग्लोबल


हेजबुल्लाहविरुद्ध इजरायलले लेबनानमा थाल्यो आक्रमण

हेजबुल्लाहविरुद्ध इजरायलले लेबनानमा थाल्यो आक्रमण

इजरायलको आक्रमणपछि दक्षिणी लेबनानमा देखिएको धुवाँको मुस्लो।


नेपालखबर
चैत ९, २०८१ शनिबार १९:४, काठमाडौँ

इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहका अखडाहरूमा आक्रमण गर्न थालेको छ। यी स्थानबाट इजरायलमा रकेट प्रहार भएपछि जवाफी कारबाही सुरु गरिएको हो।

गत वर्ष नोभेम्बरमा इजरायल र लेबनानबीच भएको युद्धविराम भएयता लेबनानका हेजबुल्लाह अखडाबाट इजरायलविरुद्ध यो पहिलो आक्रमण थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा ‘आतंकवादी लुक्ने ठाउँ’मा शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन्।

अर्कातर्फ, लेबनानको सरकारी समाचार एजेन्सीले इजरायली आक्रमणमा एक जनाको मृत्यु भएको जनाएको छ।

यसअघि इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका तीनवटा रकेट विफल पारेको बताएको थियो। यस आक्रमणमा कुनै हताहतको समाचार छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad