ग्लोबल


अमेरिकाले यमनमा थाल्यो हुथी विद्रोहीविरुद्ध हवाई हमला

हुथीहरूले अमेरिकी विमानमा मिसाइल प्रहार गरे: ट्रम्प
अमेरिकाले यमनमा थाल्यो हुथी विद्रोहीविरुद्ध हवाई हमला

अमेरिकाले यमनको राजधानी सानामा हुथी विद्रोहीको अखडामा हवाई हमला गरेको छ।


नेपालखबर
चैत ३, २०८१ आइतबार १३:४०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरिएको बताएका छन्।

उनले लाल सागरमा रहेको जहाजमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण हवाई हमाल गरिएको उल्लेख गरेका छन्। 

ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘इरानबाट आर्थिक सहयोग लिने हुथीहरूले अमेरिकी विमानमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।’

हुथी विद्रोहीको ‘डकैती, हिंसा र आतंकवाद’ का कारण आफ्नो मुलुकको अर्बौँ डलर गुमेको र नागरिकको जीवन खतरामा परेको उनको आरोप छ। 

हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु र ९ जना घाइते भएको बताएको छ।

हुथी विद्रोहीले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा शृङ्खलाबद्ध विस्फोटन भएको जानकारी दिएको छ। यो साउदी अरबको सीमामा हुथी विद्रोहीको बलियो आधार हो।

गाजामा इजरायल-हमास युद्धको जवाफमा हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थाले। उनीहरूले यो अमेरिकी आक्रमणको जवाफ भएको बताएका छन्।

इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मानेको छ। यसले साना र उत्तरपश्चिम यमनका केही भाग नियन्त्रण गरेको छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

सार्वजनिक तस्बिरमा साना एयरपोर्टको क्षेत्रमा कालो धुवाँको मुस्लो देखिएको छ, जसमा सैन्य बेस पनि छ। तर तस्बिरको आधिकारिक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad