राजनीति


ओलीका कारण राजावादी सल्बलाए, नयाँ सरकारको छलफल सुरु भइसक्यो : माओवादी

ओलीका कारण राजावादी सल्बलाए, नयाँ सरकारको छलफल सुरु भइसक्यो : माओवादी

नेपालखबर
चैत ३, २०८१ आइतबार १३:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र छलफल जारी रहेको बताएका छन्। 

आज आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बनाउन छलफल सुरु भएको बताएका हुन्। 

'समस्या सडकभन्दा सरकारमै छ। अनियमितिता छ। सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ,' उनले भने, 'गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ।'

यो प्रारम्भिक छलफल भएकाले आकार ग्रहण गरिनसकेको उनको भनाइ थियो।

उनले नेकपा एमालेसँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग हुने पनि बताए। 

माओवादीले केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीकै कारण राजावादीहरू सल्बलाएको बताउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad