रुसको पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणमा चार जना मारिएका छन् भने र दुई व्यक्ति घाइते भएका छन्।
क्षेत्रको टेलिग्राम च्यानलका अनुसार आक्रमण आज बिहान भएको हो।
कुर्स्कका कार्यवाहक गभर्नर अलेक्ज्यान्डर खिनाश्तेले गाउँको मिलमा आक्रमण भएको र प्रारम्भिक जानकारीअनुसार मारिएकाहरू मिलकै कर्मचारी भएको बताए।
यसअघि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सेना कुर्स्कमा सफलतापूर्वक अगाडि बढिरहेको र त्यहाँ गाउँहरू फिर्ता लिइरहेको बताएका थिए।
आज बिहान रुसी रक्षा मन्त्रालयले सेनाले युक्रेनी सीमानजिकै रहेको कुर्स्कमा पाँचवटा बस्ती पुनः कब्जा गरेको बताएको छ।
युक्रेनका क्रिभी रिह, ओडेसा र खार्किभ क्षेत्रमा रातभर रुसले गरेको आक्रमणपछि कुर्स्कमा युक्रेनी आक्रमणबाट चार जना मारिएका हुन्।
युक्रेनको कुर्स्क अपरेसन अगस्ट २०२४ मा ठूलो मात्रामा घुसपैठका साथ सुरु गरिएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालैका महिनामा यो कारबाहीले पूर्वी युक्रेनको अग्रपंक्तिका प्रमुख क्षेत्रमा रुसी सेना तैनाथ गर्नबाट रोक्न मद्दत गरेको बताएका छन्।
Shares

प्रतिक्रिया