ग्लोबल


मुम्बईमा पानीट्यांकी सफा गर्ने क्रममा निसासिएर ४ मजदुरको मृत्यु

मुम्बईमा पानीट्यांकी सफा गर्ने क्रममा निसासिएर ४ मजदुरको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
फागुन २५, २०८१ आइतबार १८:४३, काठमाडौँ

मुम्बईको नागपाडा क्षेत्रमा आइतबार पानी ट्यांकी सफा गर्ने क्रममा निसासिएर चार मजदुरको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्यांकी सफा गर्दा उक्त दुर्घटना भएको हो।

निसासिएर बिरामी भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ।

निसासिएर १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेखको मृत्यु भएको हो।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कुलनजिकै भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad