समाज


पुसमा पसल खोलेर माघमा गरे बिमा, फागुनमा लाइदिए आफैँ आगो

एक करोड बिमाको लोभले पुर्‍यायो थुनामा
पुसमा पसल खोलेर माघमा गरे बिमा, फागुनमा लाइदिए आफैँ आगो

उजिर कार्की
फागुन २५, २०८१ आइतबार १८:४८, काठमाडौँ

कास्कीको पोखरामा एक व्यक्तिले बिमा रकमका लागि आफ्नै पसलमा आगो लगाएको खुलेको छ। पोखरा महानगरपालिका-८ न्यूरोडस्थित ब्लक र टिनको टहरामा शर्मा आईटी हबको पसलमा फागुन १६ गते आगलागी भएको थियो। 

पसलका सञ्चालक पर्साको जगरनाथपुर गाउँपालिका ३ घर भएका २८ वर्षीय रमेश शर्मा लोहारले घटनाको ३ दिन पछी बिमा रकम दाबी गर्न गएका थिए। 

फागुन १९ गते निवेदन दिँदा उनले मोबाइल चार्जमा राखी वासरुम गएर फर्किँदा केही पड्किएको आवाज आएको र आगलागी भएको बताएका थिए।

यस्तो व्यहोरा उल्लेख गर्दै उनले बिमा रकम भुक्तानीका लागि शिखर इन्स्योरेन्स कम्पनीमा निवेदन दिएका थिए। तर प्रहरीले भने उनको पसलमा भएको घटनाको फरक ढंगले अनुसन्धान गरिरहेको थियो। 

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार घटनालाई सुरुबाटै शंकास्पद रुपमा हेरेर अनुसन्धान गरिरहेको थियो। 

रमेशले गएको पुसमा मात्रै पसल सञ्चालन गरेका थिए। पसल सञ्चालन गर्न उनले मासिक ३५ हजार रुपैयाँमा भाडामा सटर लिएका थिए। 
पसलमा २ जना कामदार राखेका थिए। तर आगलागी हुँदा उनीहरू दुवै जना बिदामा थिए। उनीहरू नभएको बेलामा आगलागी हुनुले प्रहरीको शंकामा बल पुर्‍यायो। 

घटनाको दुईदिन पहिलेदेखि पसल बन्द रहेको पनि प्रहरीले पत्ता लगाएको थियो। शर्माले वडा प्रहरी कार्यालय बैदाममा फागुन १७ गते निवेदन दिँदा आफ्नो ९४ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका थिए। 

शिखर इन्स्योरेन्स कम्पनीमा पसलको एक करोड बराबरको बिमा गरेका थिए। पसल खोलेको अर्को महिना माघमा बिमा गरेको खुलेको छ।
गत माघ महिनामा ईन्सुरेन्स रकम कै लागि उनले दुषित मनसायले उनले आगो लगाएको कास्की प्रहरीको छ। प्रहरीले शर्मालाई आइतबार सार्वजनिक गरेको छ। 

यसअघि फागुन २३ गते नै पक्राउ गरेर उनीमाथि प्रहरीले आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad