कारोबार


पियोर इनर्जीको आईपीओमा आजबाट आवेदन दिन पाइने

पियोर इनर्जीको आईपीओमा आजबाट आवेदन दिन पाइने

नेपालखबर
फागुन २०, २०८१ मंगलबार ११:४३, काठमाडौँ

पियोर इनर्जी लिमिटेडले आजबाट प्राथमिक सार्वजनिक निष्काशन गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुको लागि आईपीओ निष्काशनमा ल्याएको हो। 

कम्पनीले कुल ८० करोडको २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता स्थानीयको लागि र वैदेशिक रोजगारीमा गएकाका लागि १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयर जारी गरेको हो। 

कम्पनीले सर्वसाधारणका लागि भने १४ लाख ४० हजार कित्ता सेयर छुट्याएको छ। पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाका लागि सेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ।

आजबाट निष्काशनमा आएको सेयरमा भने स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूले चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीले आयोजना प्रभावितले अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुका लागि अधिकतम ७ हजार २ सय कित्तासम्म आवेदन स्वीकृत गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad