ग्लोबल


बेलायतमा स्टारमरसँग जेलेन्स्कीले भने: यस्तो साथी पाएकामा खुसी छु

बेलायतमा स्टारमरसँग जेलेन्स्कीले भने: यस्तो साथी पाएकामा खुसी छु

नेपालखबर
फागुन १८, २०८१ आइतबार ८:५७, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्कीपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्।

शुक्रबार ह्वाइट हाउसमा ट्रम्पसँग बाझेर निस्किएका जेलेन्स्की शनिबार बेलायतको राजधानी लन्डन पुगेका हुन्। 

बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई न्यानो स्वागत गर्दै "बेलायतको पूर्ण समर्थन" रहेको बताए।

यसबाट प्रफुल्ल जेलेन्स्कीले आफ्नो देशले ‘यस्तो साथी पाएकामा खुसी छु’ भने। अनि रुससँगको युद्धमा आफ्ना पक्षमा उभिएकामा बेलायतलाई धन्यवाद दिए। 

यसअघि शुक्रबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए। 

खनिज सम्भौताका लागि भनेर गएका उनी कुरा नमिलेपछि ट्रम्पसँग बाझेर निस्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad