त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले करार सेवाका लागि चिकित्सक माग गरेको छ।
अस्पतालको कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै अस्पताल अन्तर्गतका विभिन्न विभागहरुका लागि केही संख्यामा हाउस अफिसर माग गरेको हो। अस्पतालले भर्ना गर्न चाहेको कर्मचारीको संख्या भने खुलाएको छैन।
एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्रास्त योग्यता पुगेका व्यक्तिले आवेशन दिनसक्नेछन्।
पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर निर्धारण गरिएको छ। इच्छुक नेपाली नगरिकले यही फागुन २५ गतेसम्म निवेदन दिन सक्नेछन्।
हेर्नुहोस् सूचना

372
Shares

प्रतिक्रिया