भारतीय राज्य बिहारका राजस्व मन्त्री दिलीप जायसवालले पदबाट राजीनामा दिएका छन्।
भारतीय जनता पार्टी (भाजपा) का राज्य इन्चार्ज जय सवालले एक व्यक्ति, एक पद पार्टीको सिद्धान्त भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै दिलीप जायसवालले भने, ‘भारतीय जनता पार्टीको सिद्धान्तलाई ध्यानमा राख्दै मैले राजस्व मन्त्री पदबाट राजीनामा दिएको छु। मैले मुख्यमन्त्रीलाई राजीनामाबुझाएको छु।’
बिहारमा मन्त्रिपरिषद् विस्तारबारेको जिज्ञासामा जायसवालले ‘मन्त्रिपरिषद् विस्तार मुख्यमन्त्रीको विशेष अधिकार क्षेत्र’ भएको बताए।
285
Shares

प्रतिक्रिया