ग्लोबल


तेलंगनामा निर्माणाधीन सुरुङमा दुर्घटना, ८ जना भित्रै फसे

तेलंगनामा निर्माणाधीन सुरुङमा दुर्घटना, ८ जना भित्रै फसे

नेपालखबर
फागुन १०, २०८१ शनिबार २१:४१, काठमाडौँ

भारतीय राज्य तेलंगानाको श्रीशैलम लेफ्ट बैंक नहर (एसएलबीसी) सुरुङमा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा धेरै कामदार घाइते भएका छन्। सुरुङ भित्र आठ जना फसेको रिपोर्ट आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार नगरकुरनुल जिल्लाको अमराबाद मण्डलको डोमलपेन्टा गाउँनजिकै एसएलबीसी सुरुङको काम भइरहेको छ। यो ठाउँ श्रीशैलम परियोजनानजिकै छ।

प्रारम्भिक रिपोर्टअनुसार सुरुङको काम भइरहेका बेला अचानक चुहावटका कारण सुरुङमा पानी पसेको थियो।

प्रशासनले सुरुङमा आठ फसेको जनाएको छ। यीमध्ये दुई जना उत्तर प्रदेशका, चारजना झारखण्डका, एक जना जम्मु-कस्मिररका र एकजना पञ्जाबका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad