कोशी


ताप्लेजुङमा फेरि झडप, दुई प्रदर्शनकारीसहित १० जना घाइते

ताप्लेजुङमा फेरि झडप, दुई प्रदर्शनकारीसहित १० जना घाइते

नेपालखबर
फागुन १०, २०८१ शनिबार २१:४२, विराटनगर

ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको छ।

नो केबलकार पक्षले आज साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ। 

झडपका दुईजना गम्भीर घाइते भएका छन्। धरानका एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू घाइते भएका जनाइएको छ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा  राँके जुलुस निकालेका थिए।

यस्तै, प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

आन्दोलनकारीले चौतर्फी आक्रमण गर्न थालेपछि अबस्था गम्भीर भएको प्रहरीको भनाई छ।

झडपपछि केही प्रहरीहरू सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad