ग्लोबल


ट्रम्पको दाबी: रुस-युक्रेन युद्ध अन्त्य हुने राम्रो सम्भावना छ

ट्रम्पको दाबी: रुस-युक्रेन युद्ध अन्त्य हुने राम्रो सम्भावना छ

नेपालखबर
फागुन १, २०८१ बिहिबार २१:३०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य हुने सम्भावना देखिएको दाबी गरेका छन्। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग बुधबार फोनमा कुराकानी गरेका ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत रुस-युक्रेन युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको जानकारी दिएका हुन्।

ट्रम्पले आफ्नो सोसल ट्रुथ अकाउन्टमा एउटा पोस्टमा लेखेका छन्, ‘हामीले हिजो (बुधबार) रुस र युक्रेनसँग गज्जब कुराकानी गर्‍यौँ। युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’

रुस र युक्रेनबीच २०२२ फेब्रुअरीदेखि युद्ध जारी छ। त्यसयता अमेरिका र पश्चिमी देशहरूसँग रुसको तनाव बढेको छ। 

रुस र युक्रेन युद्धमा नेपालीहरू समेत होमिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad