अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्ने बताएका छन्। ट्रम्पको यो कदमले सबैभन्दा बढी असर क्यानडालाई पर्नेछ।
स्टिल व्यापारमा क्यानडा र मेक्सिको अमेरिकाका सबैभन्दा ठूला साझेदार हुन्। अमेरिकालाई आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानडा हो।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघबाट स्टिल आयातमा २५ प्रतिशत र आल्मुनियम आयातमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए।
तर एकवर्षपछि अमेरिकाले क्यानडा र मेक्सिकोबाट यी शुल्क हटायो भने युरोपेली संघका लागि २०२१ सम्म कायम राख्यो।
ट्रम्पले यो पनि भने, "यदि कुनै देशले हामीलाई कर लगाउँछ भने हामी पनि उनीहरूलाई शुल्क लगाउँछौँ।"
बीबीसीका अनुसार डोनाल्ड ट्रम्पले आइतबार फ्लोरिडाबाट न्यु ओर्लिन्स जाँदै गर्दा आफ्नो विमानमा पत्रकारहरूलाई यी कुरा भनेका हुन्।
Shares

प्रतिक्रिया