ग्लोबल


मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

नेपालखबर
माघ २७, २०८१ आइतबार १२:५२, मेक्सिको सिटी

मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोकिँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन्।

स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।

स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको सहर क्यानकुन र ताबास्को राज्यको बीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।

अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन्।

एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भने,‘हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन । मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने कमाम भइरहेको छ।’

ताबास्को राज्यका गभर्नर जाभियर मेले सामाजिक सञ्जाल एक्समा भनेका छन् ,‘यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ र यस दुःखद् क्षणमा हामी मृतकका परिवा्जनमा समवेदना प्रकट गर्दछौँ।’

‘हामी दुर्घटनापछिको आवश्यकता अनुसार सङ्घीय र क्याम्पेचे अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,’ उनले भने।

साँझसम्ममा ताबास्को राज्यको महान्यायाधिवक्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै क्याम्पेचेका अधिकारीहरू र फरेन्सिक विज्ञान निर्देशनालयसँग मिलेर ‘पीडितहरूको पहिचान गर्न सहज हुने आनुवंशिक परीक्षण’ गर्न काम गरिरहेको बताएको छ।

‘प्रभावित परिवारप्रति हाम्रो समवेदना छ,’ विज्ञप्तिमा भनिएको छ।

बस सञ्चालन गर्ने कम्पनीले अनुसन्धानका लागि अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको जनाएको छ।

‘हामीले आफ्ना प्रिय सहकर्मी, सेवाग्राही र साथीहरू गुमाएका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन समयमा हामी उनीहरूको प्रशासनसँगको ऐक्यबद्धता र समझदारीको कदर गर्दछौँ।’ रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad