ग्लोबल


हमासले आज थप ३ बन्धक छाड्दै, फेरि पनि परेनन् विपिन जोशी

हमासले आज थप ३ बन्धक छाड्दै, फेरि पनि परेनन् विपिन जोशी

बायाँबाट क्रमश: ओर लेवी, ओहद बेन अमी र एली शाराब, जसलाई हमासले आज छाड्दै छ।


नेपालखबर
माघ २६, २०८१ शनिबार ७:३५, काठमाडौँ

इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत हमासले आज (शनिबार) थप तीन बन्धकलाई मुक्त गर्दै छ।

सट्टामा इजरायलले पनि आज १८३ कैदी प्यालेस्टिनी कैदी रिहा गर्ने हमासले बताएको छ।

हमासले आज छाड्ने ३ बन्धकको नाम सार्वजनिक गरेको छ। जसमा तीनै जना पुरुष हुन्। उनीहरू ओहद बेन अमी, एली शाराबी र ओर लेवी हुन्।

योसँगै नेपाली विद्यार्थी विपिन जोशी यसपटक पनि छाडिनेको सूचीमा पर्न सकेनन्। 

जनवरी १९ मा युद्धविराम भएयता हमासले यसअघि १८ जना बन्धक छाडेको छ भने बदलामा इजरायलले ३८३ कैदीलाई रिहा गरिसकेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ३३ बन्धक र १९०० कैदीलाई रिहा गरिने छ।

इजरायलले ३३ बन्धकमध्ये ८ जनाको भने मृत्यु भइसकेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad