ग्लोबल


ट्रम्पले करबारे आज क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

ट्रम्पले करबारे आज क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबम


नेपालखबर
माघ २१, २०८१ सोमबार १०:२७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत भन्सार शुल्क (कर) तोकिएका क्यानडा र मेक्सिकोसँग सोमबार वार्ता गर्ने बताएका छन्।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका विषयमा कुरा गर्ने भएका हुन्। अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको कर मंगलबार रातिदेखि लागू हुने बताएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति क्लाउडिया साइनबमले आफ्ना देशविरुद्ध लगाइएको करको जवाफ अमेरिकालाई पनि कर नै लगाएर दिने बताइसकेका छन्। 

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ।’

क्यानडा सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने उनको भनाइ छ।

यस्तै मेक्सिकोका राष्ट्रपतिले भनेकी छन्, ‘हामी अमेरिकाविरुद्ध पनि प्रतिशोधात्मक कारबाही गर्नेछौँ, जसमा कर पनि समावेश छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad