ग्लोबल


ट्रम्पलाई ट्रुडोको जवाफः हामी पनि २५ प्रतिशत कर लगाउनेछौँ

ट्रम्पलाई ट्रुडोको जवाफः हामी पनि २५ प्रतिशत कर लगाउनेछौँ

नेपालखबर
माघ २०, २०८१ आइतबार ९:४०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले पनि त्यति नै कर लगाउने जवाफ दिएका छन्। 

क्यानडाबाट अमेरिका आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय ट्रम्पले अनुमोदन गरेको भोलिपल्ट आइतबार क्यानडाका प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले लगाएको करको जवाफ क्यानडाले पनि कर लगाएरै दिने बताएका हुन्। 

ट्रुडोले अमेरिकीहरूसँग सिधै कुरा गर्न चाहेको बताए। उनले यो निर्णयको प्रत्यक्ष असर मूल्य र अमेरिकी अर्थतन्त्रमा पर्ने बताए।

ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा २५ प्रतिशत भन्सार लगाउने बताए।

उनले क्यानाडाली कम्पनीहरूलाई समय दिन यो भन्सार मंगलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा लागू हुने बताएका छन्प। बाँकी १२५ अर्ब डलर मूल्यका उत्पादनमा भने यो आगामी २१ दिनमा लागू गरिनेछ।

तर उनले यो डलर क्यानेडियन हो वा अमेरिकन भन्ने स्पष्ट पारेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad