अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनका सामानमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन्।
शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरे। उनले यसको कारण व्याख्या गर्दै ट्रुथ सोसलमा पनि पोस्ट गरे।
ट्रम्पले लेखे यो निर्णय अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) मार्फत गरिएको उल्लेख गरेका छन्।
‘किनभने हाम्रा नागरिकहरूका लागि अवैध विदेशीहरूको खतरा बढ्दै गएको छ। फेन्टालाइन र अन्य घातक लागुपदार्थले हाम्रा नागरिक मारिरहेका छन्’, उनले लेखेका छन्, ‘हामीले अमेरिकीहरूको सुरक्षा गर्नुपर्छ र राष्ट्रपतिका रूपमा सबैको सुरक्षा सुनिश्चित गर्नु मेरो कर्तव्य हो।’
राष्ट्रपति ट्रम्पले आफूले चुनावी अभियानका बेला सीमा पार गर्दै अमेरिकामा अवैध आप्रवासी र लागुपदार्थको बाढी रोक्ने वाचा गरेको गरेको स्मरण गर्दै उनले अगाडि लेखेका छन्, ‘अमेरिकीहरूले त्यसो गर्न भारी मत दिए।’
Shares

प्रतिक्रिया