अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीमा ६४ जना सवार अमेरिकी एअरलाइन्सको विमान र ३ अमेरिकी सैनिक चढेको सैन्य हेलिकप्टर आपसमा ठोकिएर भएको दुर्घटनामा टिप्पणी गरेका छन्।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेख्दै उनले हेलिकप्टरले विमानलाई किन बाटो दिएन भनेर प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘विमान विमानस्थलतर्फ जाँदै थियो। हेलिकप्टर निकै समयदेखि सिधै विमानतिर गइरहेको थियो। सफा रात थियो। विमानका बत्तीहरू पनि चम्किरहेका थिए। तर हेलिकप्टर किन मोडिएन? अथवा ऊ किन माथि र तल सरेन?’
यसैगरी ट्रम्पले प्रश्न गरेका छन्, ‘कन्ट्रोल टावरले विमान देखेको भए, उसले हेलिकप्टर चालक दललाई के गर्ने भनेर किन भनेन? यो खराब अवस्था थियो। यसो हुनबाट रोक्नुपर्थ्यो। यो ठीक भएन।’
822
Shares

प्रतिक्रिया