अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बजेट कार्यालय दुई दिन नबित्दै आफ्नो निर्णयबाट पछि हटेको छ।
संघीय ऋण र अनुदान खर्च रोक्न गरिएको निर्णयको देशैभर विरोध र अदालतहरुमा मुद्दा मामिला भएपछि कार्यालयले उक्त निर्णय रोकेको समाचार संस्था एपीले जनाएको छ।
सोमबार अफिस अफ मेनेजमेन्ट एन्ड बजेटले मेमो जारी गरेपछि राज्य, स्कुल र संगठनहरुमाझ आतंक सिर्जना गरेको थियो। यी संस्थाहरुले वासिङटनबाट खर्बौँ डलर पाइरहेका थिए।
ट्रम्प प्रशासनका अधिकारीहरुले भने राष्ट्रपतिको कार्यकारी आदेशको विरुद्धमा उक्त रकम खर्च भइरहेको शंकामा रोक्ने निर्णय गरिएको बताएका छन्। तर बुधबार उक्त निर्णय रोकिएको हो।
195
Shares

प्रतिक्रिया