अमेरिकाको वासिङ्टन डीसीमा आकासमै सेनाको हेलिकप्टरसँग ठोकिएको अमेरिकन एयरलाइन्सको विमान ६४ जना सवार रहेको सीएनएनले जनाएको छ।
यस्तै सेनाको हेलिकप्टरमा ३ सैनिक थिए।
दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा भएको हो।
डीसी फायर एन्ड ईएमएस विभागका अनुसार डीसी हुँदै गइरहेको विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको हो।
विभागले एक्समा लेखेको छ- फायरबोटले नदीमा विमान खोजिरेहका छन्।
दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
1.6k
Shares

प्रतिक्रिया