अमेरिकामा सेनाको हेलिप्कटरसँग ठोकिएर नदीमा खसेको ६४ जना सवार अमेरिकी विमान टुक्राटुक्रा अवस्थामा फेला परेको छ।
सीएनएनका अनुसार रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा विमान टुक्राटुक्रा अवस्थामा फेला परेको हो।
अहिलेसम्म कोही पनि जीवित फेला नपरेको जनाइएको छ।
हेलिकप्टर पनि पानीनजिकै खसेको पाइएको स्रोतले जनाएको छ। सेनाको हेलिकप्टरमा ३ जना रहेको बताइएको छ।
तर दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन।
447
Shares

प्रतिक्रिया