ग्लोबल


चीनमा जापानी आमाछोरीलाई छुरा हान्ने व्यक्तिविरुद्ध मृत्युदण्ड सुनाइयो

चीनमा जापानी आमाछोरीलाई छुरा हान्ने व्यक्तिविरुद्ध मृत्युदण्ड सुनाइयो

नेपालखबर
माघ ११, २०८१ शुक्रबार २१:४, काठमाडौँ

चीनमा जापानी आमा र उनकी सानी छोरीलाई छुरा प्रहार गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

आक्रमणकारीले बालिका र उनकी आमालाई बचाउन खोजेकी अर्की महिलाको पनि हत्या गरेका थिए।

रिपोर्टअनुसार ५२ वर्षीय झोउ जियाशेङले गत वर्ष जुन २४ मा आक्रमण गरेका थिए। उनी जागिर जाने र ऋणका कारण चिन्तित थिए।

अदालतका अनुसार सोही कारण उनमा बाँच्ने इच्छा थिएन। 

यो आक्रमण चीनको सुझोउ प्रान्तको एक जापानी विद्यालय बाहिर भएको थियो र गत वर्ष चीनमा विदेशीविरुद्ध भएका तीन आक्रमणमध्ये एक थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad