बागमती प्रदेश सभाको १५ औँ अधिवेशन यही १८ माघमा आह्वान गर्न सिफारिस गरिएको छ।
शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
बैठक बिहान ११ बजेका लागि बोलाउन सिफारिस भएको छ। मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभा बैठक आह्वान गर्नेछन्।
गत १६ असोज राति १२ बजेबाट प्रदेश सभाको १४औँ अधिवेशन अन्त्य भएयता बैठक बस्न सकेको छैन।
12
Shares

प्रतिक्रिया