ग्लोबल


महाराष्ट्रमा रेलबाट यात्रुहरू हाम फाल्दा अर्को रेलमा ठोकिएर ११ जनाको मृत्यु

महाराष्ट्रमा रेलबाट यात्रुहरू हाम फाल्दा अर्को रेलमा ठोकिएर ११ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
माघ ९, २०८१ बुधबार २०:४९, काठमाडौँ

भारतीय राज्य महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन्।

पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा खडा थियो।

यात्रुहरूलाई कुनै डिब्बामा आगो लाग्ने डर थियो, त्यसैले उनीहरू ट्र्याकको अर्को छेउमा हाम फाले।

त्यही समयमा कर्नाटक एक्सप्रेस त्यही ट्र्याकबाट आउँदै थियो, जसका कारण ठोकिएर केहीको मृत्यु भयो भने धेरै जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ। 

कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल जाँदै थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad