ग्लोबल


अमेरिकी सर्वोच्च अदालतले भन्यो : टिकटकमा प्रतिबन्ध लगाउन मिल्छ

अमेरिकी सर्वोच्च अदालतले भन्यो : टिकटकमा प्रतिबन्ध लगाउन मिल्छ

नेपालखबर
माघ ४, २०८१ शुक्रबार २१:१५,

अमेरिकामा यसै सप्ताहन्तबाट लोकप्रिय एप टिकटकमा प्रतिबन्ध लगाउन अदालतले बाटो खोलिदिएको छ। एपका सञ्चालकहरूले प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने भन्दै अदालत गुहारेका थिए।

तर, अमेरिकी सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको छ। 

बाइडेन प्रशासनले चीनसँग सम्बन्ध भएको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै त्यसलाई बेच्नुपर्ने, अन्यथा प्रतिबन्ध लगाउने कानुन पारित गरिसकेको छ। जुन कानुन आइतबारबाट लागू हुँदैछ। 

तर, व्यवहारमा त्यो प्रतिबन्ध कसरी लागू हुन्छ भन्नेबारे कयौँ प्रश्न बाँकी छन्। 

अदालतले १७ करोड अमेरिकी प्रयोगकर्ताका लागि टिकटकले अभिव्यक्तिको विशिष्ट मञ्च उपलब्ध गराएको स्वीकार गरेको छ। तर, संसदले राष्ट्रिय सुरक्षामा चासो देखाएकाले यस्तो आदेश दिइएको उल्लेख गरेको छ।

यद्यपि, ट्रम्पले प्रतिबन्ध पछि सार्न सक्ने कतिपयको भनाइ छ। 

टिकटकका सीईओ सोउ चिउ ट्रम्पको शपथ समारोहमा सहभागी हुने कार्यक्रम छ। यसअघि उनले ट्रम्पसँग भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad