च्याट जीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानलाई आफ्नै बहिनीले यौन शोषणको आरोप लगाएकी छन्।
बीबीसीका अनुसार सामकी बहिनी एन अल्टम्यानले उनीविरुद्ध मुद्दा दायर गरेकी छन्।
सामले भने आरोप अस्वीकार गरेका छन्।
एन अल्टम्यानले दाइ साम अल्टम्यानले आफूलाई १९९७ देखि २००६ सम्म यौन शोषण गरेको दाबी गरेकी छन्।
यो मुद्दा जनवरी ६ मा मिसौरी राज्यको जिल्ला अदालतमा दायर गरिएको हो।
यो सबै सुरु हुँदा एन अल्टम्यान केवल ३ वर्ष र साम अल्टम्यान १२ वर्षको भएको आरोप छ।
साम अल्टम्यान ओपन एआईका सीईओ हुन्।
ओपन एआईले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याटजीपीटी बनाएको छ।
618
Shares

प्रतिक्रिया