अमेरिकामा आएको भीषण हिउँदे आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार आँधीसँगै भएको भारी हिमपातका कारण अमेरिकाका केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरी राज्यले आपत्काल घोषणा गरेका छन्।
हिमपातका कारण यी राज्यका प्रायः राजमार्ग बन्द भएका छन् भने सयौँ उडान रद्द गर्नुपरेको छ। विद्यालयहरू पनि बन्द गरिएका छन्।
60
Shares

प्रतिक्रिया