ग्लोबल


हमास ३४ बन्धक रिहा गर्न तयार, इजरायलसँग वार्ता जारी

हमास ३४ बन्धक रिहा गर्न तयार, इजरायलसँग वार्ता जारी

इजरायली बन्धक रिहा गर्न माग गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध लामो समयदेखि तेल अभिभमा प्रदर्शन भइरहेको छ।


नेपालखबर
पुस २२, २०८१ सोमबार ९:१७, काठमाडौँ

गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ।

हमासका एक वरिष्ठ अधिकारीले रहा गरिने ३४ जना बन्धकको सूची दिएको बीबीसीले जनाएको छ।

यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। सूचीमा १० जना महिला पनि छन्।

हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकको सूची अझै उपलब्ध नगरेको बताएको छ।

यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो।

इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविराम वार्ता सुरु गरिएको हो।

आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएका आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad