ग्लोबल


माओवादी प्रभावित छत्तीसगढमा सेप्टिक ट्यांकीमा भेटियो पत्रकारको शव, हत्याको आशंका

माओवादी प्रभावित छत्तीसगढमा सेप्टिक ट्यांकीमा भेटियो पत्रकारको शव, हत्याको आशंका

मुकेश चन्द्रकार (फाइल फोटो)


नेपालखबर
पुस २०, २०८१ शनिबार १२:४४, काठमाडौँ

माओवादी प्रभावित भारतीय राज्य छत्तीसगढको बिजापुरका टीभी पत्रकार मुकेश चन्द्राकारको शव सेप्टिक ट्यांकीमा फेला परेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १ गते रातिदेखि घरबाटै बेपत्ता ३३ वर्षीय मुकेश जनवरी ३ अर्थात् शुक्रबार मृत फेला परेका हुन्। 

मुकेश चन्द्रकार ‘एनडीटीभी’मा स्वतन्त्र पत्रकारका रूपमा काम गर्थे। साथै उनले युट्युबमा लोकप्रिय च्यानल ‘बस्तर जंक्सन’ पनि सञ्चालन गरेका थिए, जसमा उनले बस्तरको आन्तरिक समाचार प्रसारण गर्थे।

मुकेशले बस्तरमा माओवादीद्वारा अपहरण गरिएका प्रहरी वा गाउँलेको रिहाइमा धेरैपटक महत्त्वपूर्ण भूमिका खेलेका थिए।

बिजापुर प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार तीन जनालाई पक्राउ गरिएको छ तर उनीहरूको नाम खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad