नेपाल आर्मी क्लबले विनोद भण्डारीको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ।
आर्मीको टोलीमा अधिकांस राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी समेटिएका छन्।
टोलीमा भीम सार्की, साहब आलम, सुमित श्रेष्ठ, सोमपाल कार्की, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसिर अहमद, विवेक कुमार यादव, नरेन साउद, दुर्गेश गुप्ता र कुशल मल्ललाई राखिएको छ।
प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम खेल्नेछन्।
जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश छन्।
इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ।
यस्तै फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया