ग्लोबल


उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला

उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८१ शुक्रबार १५:५, मेक्सिको सिटी

मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन्।

अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो। 

‘यो खोज डिसेम्बर १८, १९ र २० मा भएका खोजी कार्यका क्रममा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘पहिचान नखुलेका कङ्कालहरू र प्रमाणहरू सियुडाड जुआरेज सहरको फरेन्सिक मेडिकल सर्भिसको प्रयोगशालामा स्थानान्तरण गरिएको छ।’

चिहुआहुआ वर्षौँदेखि लागुऔषध तस्करी र संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूको तस्करीको मार्गका रूपमा सङ्गठित अपराधसँग जोडिएको हिंसाबाट प्रभावित छ।

आधिकारिक तथ्याङ्कअनुसार सन् १९५२ देखि अहिलेसम्म तीन हजार ९२७ व्यक्ति बेपत्ता भएका छन्। हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यहरू जालिस्को र तामाउलिपासमा सोही अवधिमा प्रत्येकमा १३ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। 

आधिकारिक तथ्याङ्कअनुसार सन् २००६ मा सरकारले मानव बेचबिखनसँग लड्न सेना परिचालन गरेदेखि मेक्सिकोले लागुऔषधसँग सम्बन्धित हिंसामा चार लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad