ग्लोबल


यमनबाट हुथीले इजरायलमा हान्यो क्षेप्यास्त्र, १६ जना घाइते

यमनबाट हुथीले इजरायलमा हान्यो क्षेप्यास्त्र, १६ जना घाइते

इजरायलको एम्बुलेन्स सेवाले दिएको जानकारीअनुसार आक्रमणमा १६ जना घाइते भएका छन्।


नेपालखबर
पुस ६, २०८१ शनिबार १९:५३, काठमाडौँ

इजरायली सेनाका अनुसार यमनमा उपस्थित हुथी विद्रोहीले राजधानी तेल अभिभमा मिसाइल आक्रमण गरेका छन्। तीमध्ये एउटा मिसाइल तेल अभिभमा खसेको छ। 

इजरायलको एम्बुलेन्स सेवाले आक्रमणमा घाइते भएका १६ जनालाई स्वास्थ्य सहायता उपलब्ध गराएको जानकारी दिएको छ।

मिसाइल खसेपछि भएको विस्फोटमा आफ्नै घरका सिसा फुटेर मानिसहरूलाई चोट लागेको हो।

प्रत्यक्षदर्शी बेथ शाहाईले भनिन्, "विस्फोटबाट घरका सबै झ्यालका सिसा फुटेका छन्। बैठक कोठामा, भान्साकोठामा, सुत्ने कोठामा घरभरि सिसाका टुक्रा छरिएका छन्। घटना यति छिटो भयो कि हामी बाहिर निस्केर भाग्न पनि भ्याएनौँ।"

यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरायलको वायु रक्षा प्रणालीलाई पार गर्न सफल भएको थियो। यो मिसाइल तेल अभिभमा खसेको थियो।

इजरायली सेनाले हुथी विद्रोहीले प्रहार गरेको मिसाइल खसाल्न असफल भएको र यो मिसाइल पार्कमा खसेको बताएको छ।

हुथी विद्रोही समूहका प्रवक्ता याह्या सारीले भने, ‘यमनी सशस्त्र सेनाको क्षेप्यास्त्रले जाफाको कब्जामा रहेको इजरायली सैन्य आधार शिविरलाई निशाना बनाएको थियो। हामीले हाइपरसोनिक ब्यालेस्टिक मिसाइल हानेका थियौँ र त्यसले लक्ष्य भेटाएको छ।’

इरान समर्थित हुथी विद्रोही समूह प्यालेस्टाइनको समर्थक मानिन्छ।

इजरायलले गाजामा आक्रमण गरेपछि हुथी विद्रोहीले लाल सागरबाट इजरायलतर्फ जाने जहाजमा आक्रमण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad