बाजुराको जगन्नाथ गाउँपालिकालाई केन्द्रबिन्दू बनाएर आएको भूकम्पले छिमेकी कालिस्कोटको रास्कोट नगरपालिका पनि क्षति पुगेको छ। नगरपालिकाको वडा नं ३ र ४ का केही बस्तीमा रहेका घरहरु चर्किएका छन्।
जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दू भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प आएको थियो।
रास्कोटको वडा नं ३ का अलि कुमाल र वडा नं ४ का खेमराज संन्ज्याल, मनबहादुर शाही, नमराज शाही र बर्ज सुनारको घर चिराचिरा भएका छन्।
48
Shares

प्रतिक्रिया