ग्लोबल


मोदी-दिसानायके भेट : पेट्रोलियम पाइपलाइन बनाउने र रक्षा सम्झौता गर्ने सहमति

मोदी-दिसानायके भेट : पेट्रोलियम पाइपलाइन बनाउने र रक्षा सम्झौता गर्ने सहमति

नेपालखबर
पुस १, २०८१ सोमबार २१:१,

भारत र श्रीलंकाका नेताहरूले दुई देशबीच रक्षा सहकार्यसम्बन्धी सन्धि चाँडै गर्ने, उर्जा सहकार्य बढाउनेजस्ता सहमति गरेका छन्।

दिल्ली भ्रमणमा रहेका श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिसानायेके र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा यस्तो सहमति भएको हो। दिसानायके सत्तामा आएपछि पहिलो विदेश भ्रमणमा भारत पुगेका हुन्।

भेटपछि मोदीले लगानी र कनेक्टिभिटीमा जोड दिइने बताए। 

उनले दुई देशबीच विद्युत ग्रिड र पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाउने बताए। त्यसपछि भारतले श्रीलंकाको विद्युत् गृहहरूमा तरल ग्यास आपूर्ति गर्नेछ।

‘हाम्रा सुरक्षा चासो आपसमा जोडिएकोमा हामी दुवै सहमत छौँ। चाँडै रक्षा सहकार्य सहमति गर्ने निर्णय गरेका छौँ,’ मोदीले भने।

‘हामीले व्यापार, रक्षा, उर्जा, ब्रिक्स, अवैध माछा मार्ने रोक्नेलगायतक विषयमा आजको भेटमा कुरा गर्‍यौँ। मैले प्रधानमन्त्री मोदीलाई श्रीलंका भ्रमणको निम्ता दिएँ र भारतीय सुरक्षा चासोविरुद्ध श्रीलंकाली भूमि प्रयोग नहुनेमा भारतलाई आश्वस्त तुल्याएँ,’ दिसानायकेले भनेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad