भारतीय राज्य तमिलनाडुको तिरुवन्नमलाइमा पहिरोमा पुरिएका सात जनामध्ये पाँच जनाको शव निकालिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार २४ घण्टाको प्रयासपछि ५ जनाको शव निकालिएको हो।
तमिलनाडु प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले घटनास्थल पुगेर बाँकी व्यक्तिको शव निकाल्न उद्धार टोली खटिरहेको बताए।
मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।
चक्रवाती तुफान फेंगलको प्रभावले तिरुवन्नमलाइमा भएको भारी वर्षापछि डिसेम्बर १ मा भीयूसी नगर क्षेत्रको अन्नामलैयर पहाडमा पहिरो खसेको थियो। जसमा परी दुई घर भत्किएका छन्।
15
Shares

प्रतिक्रिया