नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्। उनले प्राधिकरणले केही समयको लागि आरोआर र पीआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए।
उनले भने,‘ प्राधिकरणले केही समयको लागि आरोआर र पीआरोआरको प्रोजेक्टहरूको पीपीएमा केही स्थगन गरेको अवस्था हो। कोटा पूरा गरेर बसेका छौं। २८ हजार ५ सय मेगावटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्ने छ। हामी अगाडी बढाउँछौँ।’
उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरू आउनसक्ने बताए।
प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरू आउन नसक्ने उनले स्पष्ट पारे।
१२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरू आउन नसक्ने बताए। उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरू आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए। कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने, रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए।
सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रस्ताव आएको उनले जानकारी दिए। उनले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताए। सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ। उनले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको बताए।
उनले भने, ‘१२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजार नै आउँछ भन्ने छैन। धेरै आयोजनाहरूको टेक्निकल समस्याहरू आउँछन्। ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरू आए भने पनि त्यसले ठूलो सहयोग गर्छ। २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिर्जभवर आयोजनाहरु र सोलार पनि त्यसैभित्र राखेका छौँ। प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रस्ताव आएको छ।’
उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए। उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको बताए। नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने उनको भनाई छ।
नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको घिसिङले बताए।
Shares

प्रतिक्रिया