भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवाती तुफान फेंगल ७ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तरपश्चिम दिशातर्फ मोडिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवाती तुफान फेंगल पश्चिम-उत्तरपश्चिमतर्फ सर्नेछ र उत्तरी आन्तरिक तमिलनाडुमा न्यून चापीय क्षेत्रमा परिणत हुँदै कमजोर हुनेछ।
डिसेम्बर १ मा चक्रवाती तुफान फेंगल तमिलनाडु र पुडुचेरीको तटमा बज्रिएको थियो।
आँधी फेंगलका कारण तमिलनाडु सरकारले स्कुल र कलेजमा बिदा दिँदै माछा मार्नेहरूलाई समुद्रमा नजान सल्लाह दिएको थियो।
आइतबारखि तमिलनाडु र पुडुचेरीमा प्रशासन उच्च सतर्कतामा छ र शैक्षिक संस्थालाई कुनै पनि परीक्षा वा विशेष कक्षा सञ्चालन नगर्न भनिएको छ।
240
Shares

प्रतिक्रिया