भारतीय अर्बपति गौतम अदानी र उनका भतिजा सागर अदानीसहित आठ जनाविरुद्ध अमेरिकामा ठगीको मुद्दा दायर भएको छ।
यस विषयमा सोमबार भारतीय संसद्मा कंग्रेस र अन्य विपक्षी दलले छलफल गर्न माग गरेपछि हंगामा हुँदा लोकसभा र राज्यसभाको बैठक नै स्थगन गर्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई सोधियो, ‘राहुल गान्धीले अदानीलाई गिरफ्तार गर्न माग गरिरहेका छन्, तपाईं अदानीको गिरफ्तारीलाई समर्थन गर्नुहुन्छ?’
तर उनलृे यसमा टिप्पणी गर्न अस्वीकार गर्दै यो कानुन प्रवर्तन मामिला भएको बताए।
‘म यस विषयमा न्याय विभागका मेरा सहकर्मीलाई टिप्पणी गर्न अनुरोध गर्छ’, मिलरले भने।
भारतीय कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र राहुल गान्धीसहित अन्य विपक्षी नेताले गौतम अदानीलाई पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन्।
Shares

प्रतिक्रिया