कारोबार


गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिङटारमा अस्थायी बेलिब्रिज बन्ने

गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिङटारमा अस्थायी बेलिब्रिज बन्ने

यो पुल गत असोजको बाढीले बगाएको थियो (फाइल तस्बिर)


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार ११:४९, काठमाडौँ

उदयपुरको गाईघाट र खोटाङको दिक्तेल जाने सडकखण्डको फोक्सिङटारमा अस्थायी बेलिब्रिज बन्ने भएको छ। 

असोज ११ गते आएको बाढीले पक्की पुल बगाएपछि सुख्खायामका लागि ५० मिटरको बेलिब्रिज निर्माण गर्न लागिएको हो।

सगरमाथा राजमार्गका योजना प्रमुख पशुपति ज्ञवालीले भत्किएको पुलको अध्ययन गर्न र १२० मिटरभन्दा लामो बेलिब्रिज राख्न बढी समय लाग्ने भएकाले तत्काललाई अस्थाई पुल बनाउन लागिएको बताए।

‘पक्की पुल बन्नुअघि खोला नजिकैबाट पुल राख्ने गरिएको थियो। त्यही ठाउँमा नै बेलिब्रिज बन्न लागेको हो’, ज्ञवालीले भने, ‘जेठसम्म पुल जडान गछौं। वर्षात शुरु भएसंगै निकाल्छौँ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फोक्सिङटारमा १२० मिटरको बेलिब्रिज जडान हुन लागेको जानकारी दिएका थिए। 

तर तत्कालले केही समय लाग्ने भएकाले ५० मिटरको मात्रै जडान गर्न लागिएको आयोजना प्रमुखले बताए। 

‘१२० मिटरको पुल जोड्नपनि वारी पारी गर्नकालागि पुल आवश्यक भएर अस्थायी बनाउनखोजेका हौँ’, उनी भन्छन्, ‘पुल बने पनि सार्वजनिक यातायात राम्रोसँग चल्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad