ग्लोबल


महाराष्ट्रमा सकियो मतदान, कसले बनाउला सरकार?

महाराष्ट्रमा सकियो मतदान, कसले बनाउला सरकार?

महाराष्ट्रमा मतदानपछि महिला


नेपालखबर
मंसिर ५, २०८१ बुधबार १९:५४, काठमाडौँ

भारतीय राज्य महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मतदान सकिएपछि एक्जिट पोल आउन थालेका छन्।

अधिकांश सर्वेक्षणले महाराष्ट्रमा फेरि महायुती गठबन्धनले सरकार बनाउने सम्भावना देखाएको बीबीसी हिन्दीले जनाएको छ। 

महाराष्ट्र विधानसभा चुनावमा सरकार बनाउन बहुमत संख्या १४५ हो।

- म्याटराइज सर्भे एजेन्सीले महाराष्ट्रको २८८ विधानसभा सिटमध्ये १५० देखि १७० सम्ममा भाजपा र यसका सहयोगी पार्टी अगाडि देखिएका छन्। यस्तै ११० देखि १३० सिटमा कंग्रेस र उसको गठबन्धनका दल अगाडि छन्। अन्यलाई ८ देखि १० सिट दिइएको छ।

-पिपल्स पल्स पोलमा महायुतीलाई १८२ सिट र महाविकास अघाडीलाई ९७ सिट दिइएको छ।

-चाणक्य स्ट्राटेजिसले बीजेपीको महायुती गठबन्धन १ सय ५२ देखि १ सय ६०, कंग्रेसको महाविकास अघाडी गठबन्धन १३० देखि १३८ र अन्य ६–८ मा अग्रता देखाएको छ।

-पी मार्कले महायुतीले १३७–१५७ सिट र महाविकास अघाडीले १२६–१४६ सिट जित्ने प्रक्षेपण गरेको छ।

यी एक्जिट पोल मात्र भएकाले वास्तविक नतिजा फरक पनि पर्न सक्ने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad