ग्लोबल


राम्रो प्रदर्शन गरेपछि ट्रम्प टिममा बढ्यो उत्साह

राम्रो प्रदर्शन गरेपछि ट्रम्प टिममा बढ्यो उत्साह

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ९:१९,

राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले राम्रो प्रदर्शन गरेपछि उनको टोलीमा उत्साह देखिएको छ। नतिजा हेर्न ट्रम्प र कमला ह्यारिसका समर्थकहरू भेला भएर बसेका छन्।

मतदान सकिँदै गर्दाको क्षण ट्रम्प आफ्नै घर मार ए लागोमा छन्। उनका निकटस्थहरूले स्याम्पेनको चुस्की लिँदै फक्स न्युजमा नतिजा हेरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ।

उनका पाहुनाहरूमा इलोन मस्क, रोबर्ट केनेडी जुनिययर, क्याटलिन जेनर, एडुवार्डो बोल्सोनारो, नाइजल फराज, मार्जोरी टेल ग्रिनलगायत छन्। त्यस्तै ट्रम्पको परिवारका सदस्यहरू पनि छन्।

उनका समर्थकहरू पाम बिच कन्भेन्सन सेन्टरमा भेला भएका छन्। जहाँ उत्साहको माहोल छ। पेन्सिलभेनियामा ट्रम्पले ह्यारिससँगको दूरी घटाएको घोषणा हुँदा हलमा वाहवाही गुञ्जिएको थियो।

यो भेलामा ट्रम्पले सम्बोधन गर्न सक्ने बताइएको छ।

अर्कोतिर वासिङ्टनस्थित होवार्ड युनिभर्सिटीमा ह्यारिसका समर्थकहरू भेला भएका छन्। जहाँ डीजेहरूले प्रस्तुति दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad