ग्लोबल


इलेक्टोरल कलेजमा बढाए ट्रम्पले अग्रता : ट्रम्प २१०, ह्यारिस ११३

सिनेट र प्रतिनिधि सभामा पनि रिपब्लिकन अगाडि
इलेक्टोरल कलेजमा  बढाए ट्रम्पले अग्रता : ट्रम्प २१०, ह्यारिस ११३

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ९:४१,

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा प्रक्षेपण भइरहँदा डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजमा अग्रता कायम गरेका छन्। 

यतिबेलासम्म राष्ट्रपति बन्न आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये ट्रम्पले २१० मत हात पार्ने देखिएको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले फ्लोरिडा, टेक्ससलगायत रिपब्लिकन पार्टीको गढमा चुनाव जितेका छन्।

हालसम्म कमला ह्यारिसले भने ११३ इलेक्टोरल मत जितेकी छन्।

तर, चुनावको नतिजा केही ब्याटलग्राउन्ड राज्यहरूमा निर्भर छ। त्यस्ता राज्यमध्ये पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिनमा ट्रम्पले अग्रता कायम गरेका छन्। जबकि ह्यारिसले चुनाव जित्न यी तीनवटै राज्य जित्नुपर्छ।

त्यसैले कतिपयले ट्रम्प राष्ट्रपति बन्ने विश्लेषण गर्न थालेका छन्।

इलेक्टोरल कलेजमा मात्र होइन, संसदका दुवै सदनमा रिपब्लिकन पार्टी अगाडि देखिएको छ।

माथिल्लो सदन सिनेटमा रिपब्लिकनले ४८ सिट हात पार्ने देखिँदा डेमोक्र्याट पार्टीले ३७ सिट जित्ने देखिएको छ।

त्यस्तै प्रतिनिधि सभामा रिपब्लिकनको पक्षमा १४२ सिट देखिँदा डेमोक्र्याट पार्टीको पक्षमा ९४ सिट देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad