अमेरिकामा राष्ट्रपतीय निर्वाचनअन्तर्गत धेरै राज्यमा मतदान सम्पन्न भएका छन्। तर, केही राज्यमा जारी छ। अमेरिकामा जम्मा ५० राज्य छन्।
यस्ता छन् अहिलेसम्मका महत्त्वपूर्ण कुरा-
-केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र महत्त्वपूर्ण युद्धभूमि राज्य जर्जियामा मतदान सकिएको छ जसले राष्ट्रपति चुनावको नतिजा तय गर्नेछ।
-कमला ह्यारिसका समर्थकहरू वासिङटन डीसीको हावर्ड विश्वविद्यालय बाहिर भेला भइरहेका छन्। कमला ह्यारिस यही विश्वविद्यालयमा पढेकी थिइन्। आजको चुनावी रात्रि पार्टीको स्थल पनि यहीँ तय भएको छ।
-डोनाल्ड ट्रम्पको चुनावी पार्टीका लागि मिडिया आयोजना स्थलमा तयार छ। त्यहाँ समर्थक र राष्ट्रका नाममा सम्भावित सम्बोधनका लागि मञ्च बनाइएको छ।
-प्रारम्भिक एक्जिट पोलमा सोधिएका करिब तीन चौथाइले अमेरिकामा प्रजातन्त्र धेरैू वा केही हदसम्म खतरामा रहेको ठानेका छन्। १० मध्ये ७ जना मतदाताले चुनावी नतिजासँग सम्बन्धित हिंसाको अनुमान गरेका छन्।
-प्रारम्भिक एक्जिट पोलका अनुसार यो निर्वाचनमा मतदाताका लागि लोकतन्त्र र अर्थतन्त्र सबैभन्दा ठूलो मुद्दा हो।
-यसअघि पनि मतदानका क्रममा धेरै केन्द्रमा बमको धम्कीका खबर आएका थिए। एफबीआईले यीमध्ये धेरै धम्की रुसी इमेल डोमेनबाट आएको दाबी गरेको छ।
Shares

प्रतिक्रिया