ग्लोबल


अमेरिकामा आज राष्ट्रपति निर्वाचन, भिड्दै छन् ट्रम्प र ह्यारिस

अमेरिकामा आज राष्ट्रपति निर्वाचन, भिड्दै छन् ट्रम्प र ह्यारिस

कमला ह्यारिस र डोनाल्ड ट्रम्प


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ७:१५, काठमाडौँ

अमेरिकामा आज (नोभेम्बर ५ तारिख) राष्ट्रपति निर्वाचन हुँदै छ।

निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ट्रम्प रिपब्लिकन तथा ह्यारिस डेमोक्य्राटिक पार्टीबाट उम्मेदवार बनेका हुन्। 

एसिया-अफ्रिकी मूलकी महिला ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ भने ट्रम्प विजयी भएमा उनी दोस्रोपटक अमेरिकाको सर्वोच्च पदमा पुग्नेछन्। 

यस निर्वाचनबारे भएका केही सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस थोरै अघि देखिएकी छन्।

संसारकै महाशक्ति राष्ट्र मानिने अमेरिकाको निर्वाचनलाई विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad