ग्लोबल


खालिस्तानी गुरपतवन्त सिंह पन्नुको धम्कीः नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट यात्रा नगर्नू

एकैदिन ३० भन्दा बढी विमानलाई बमको चेतावनी
खालिस्तानी गुरपतवन्त सिंह पन्नुको धम्कीः नोभेम्बर १ देखि  १९ सम्म एयर इन्डियाबाट यात्रा नगर्नू

फाइल तस्बिर: एयर इन्डियाको विमान र खालिस्तानी गुरपतवन्त सिंह पन्नु


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १२:४, काठमाडौँ

खालिस्तानी गुरपतवन्त सिंह पन्नुले हवाई यात्रुहरूलाई फेरि धम्की दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पन्नुले नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट उडान नगर्न धम्की दिएका हुन्। भारतमा विमानलाई लगातार बमको धम्की आइरहेका बेला उक्त धम्की आएको हो। 

आइतबार पनि यस्तै धम्कीका कारण धेरै उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

इन्डिया टुडेको रिपोर्टअनुसार सिख फर जस्टिसका प्रमुख पन्नुले यात्रुहरूलाई आगामी नोभेम्बर १ देखि १९ तारिखसम्म एयर इन्डियाको विमानमा  यात्रा नगर्न चेतावनी दिएका छन्। गत वर्ष पनि पन्नुले यस्तो धम्की दिएका थिए। विशेषगरी अन्तर्राष्ट्रिय यात्रा गर्नेहरूलाई यस्तो चेतावनी दिने गरिएको छ। 

१९८५ जुन २३ मा एयर इन्डियाको बोइङ विमानमा विस्फोट भएको थियो। जुन घटनाको तार खालिस्तानी चरमपन्थीसँग जोडिएको थियो।

शनिबार मात्रै ३० भन्दा बढी विमानलाई बमको धम्की
पीटीआईका अनुसार विभिन्न कम्पनीका ३० भन्दा बढी अलग-अलग स्थानका लागि भएका उडानमा बम रहेको धम्की आएका हछन्। 

विभिन्न सामाजिक सञ्जालमार्फत एयर इन्डिया, इन्डिगो, आकाश एयर, भिस्टारा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ३० भन्दा बढी स्वदेशी तथा विदेशी उडानमा बमको धम्की आएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad