कारोबार


रतन टाटाको निधनप्रति नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त

रतन टाटाको निधनप्रति नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त

नेपालखबर
असोज २५, २०८१ शुक्रबार १९:२०, काठमाडौँ

भारतीय उद्योगी व्यवसायी रतन टाटाको निधनप्रति नेपाल–भारत उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ।

अध्यक्ष सुनिल केसीले शुक्रबार शोक विज्ञप्ति प्रकाशित गरी टाटाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै टाटा समूहप्रति समवेदना प्रकट गरेका छन्।

उनले रतन टाटा ‘उद्योगी व्यवसायीका साथै दूररदर्शी सामाजसेवी एवम् अत्यन्त सहृदयी व्यक्तित्व’ को रुपमा स्मरण गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय उद्योग क्षेत्रमा स्टील, अटोमोबाइल, सूचना प्रविधि, संचार, दैनिक उपभोग्य वस्तु, उर्जा, अतिथि सत्कार, केमिकल्स, वित्तीय सेवा, हवाइ सेवा, पूर्वाधार, इन्जिनियरिङ लगायतको क्षेत्रको माध्यमबाट टाटा समूहले भारतीय अर्थतन्त्रमा ठूलो योगदान पूर्याउँदै आउनुका साथै विश्व अर्थ जगतमा टाटा समूहको दरिलो उपस्थिति जनाउँदै आएको छ’

पद्म भूषण, पद्मबिभूषण तथा भारत रत्न जस्ता उच्च सम्मानबाट सम्मानित स्वर्गीय टाटा वास्तवमै साँचो अर्थमा भारतको रत्नको रूपमा प्रतिविम्वित व्यक्तित्व रहेको विज्ञप्तिमा उल्लेख छ।

‘टाटा व्यवसायिक जगतका एक दूरदर्शी नेतृत्वकर्ताका साथै एक अब्बल खोजकर्ता एवम् धेरैका लागि आदर्श व्यवसायिक व्यक्तित्व हनुहुन्छ’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उद्योग व्यवसाय, समाज र सामाजिक सेवाको क्षेत्रमा स्वर्गीय टाटाको योगदानले आगामी नयाँ पुस्तालाई सदैव उत्साह र प्रेरणा दिइरहनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad