ad ad

ग्लोबल


केजरीवालले छाडे मुख्यमन्त्री निवास

केजरीवालले छाडे मुख्यमन्त्री निवास

फाइल तस्बिर: अरविन्द केजरीवाल


नेपालखबर
असोज १८, २०८१ शुक्रबार १३:५२, काठमाडौँ

दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास छाडेका छन्।

आम आदमी पार्टीको सोसल मिडिया प्लेटफर्म एक्स ह्यान्डलबाट उक्त जानकारी गराइएको हो।

एक्समा लेखिएको छ- केजरीवालजी मुख्यमन्त्रीको निवासबाट निस्किए। अब जबसम्म जनताले जनताको अदालतमा उनको इमान्दारिता पुष्टि गर्दै उनलाई पुन: मुख्यमन्त्री बनाउँदैनन् तबसम्म पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल मुख्यमन्त्री निवासमा बस्ने छैनन्।

दिल्लीको मदिरा नीतिमा घोटाला गरेको मुद्दामा जेलमा रहेका केजरीवालले धरौटीमा रिहा भएपछि यही असोज १ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। 

यसपछि असोज ५ गते आम आदमी पार्टीकी नेता आतिशीले दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ खाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .